पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्धार गरिँदै | Khabarhub Khabarhub

पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्धार गरिँदै


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।

आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्धार गरेको थियो । बैंकले जीर्णोद्धार सम्पन्न गरी महास्नानघर दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्‌घाटन गरिएको थियो । सङ्ग्रहालय उद्‌घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए। महास्नानघरको भुइँतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।

महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताए। राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्धार  गरी योजना महाशाखा पनि करिब छ महिना सञ्चालन गरिएको उनले सुनाए।

महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो । महास्नानघर जीर्णोद्धार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुरले बताए । लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको उनले सुनाए । भासिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाएको जानकारी पनि कोषले गराएको छ ।

दुई वर्षअघि बैंकले  पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्धार सकी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको जानकारी गराएको थियो । भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुनःनिर्माणका लागि रु एक करोड बजेट व्यवस्थापन गरेको जनाएको छ । प्रत्येक महिना पूर्णिमाका दिन पशुपतिनाथलाई ८४ व्यञ्जनसहितको भोग लगाउन यो भवनको उपयोग गर्ने गरिन्छ । यसका लागि राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो ।

हाल महास्नानघरको पूर्वी भागबाट पूर्णिमाका दिन गरिने कर्म सम्पन्न हुन्छ । महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : ४६ बजे

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका

प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दृष्टिविहीन महिला विश्वप क्रिकेटः अमेरिका १७ रनमा अलआउट, चार बलमै नेपालको जित

काठमाडौं – क्रिकेटमा असम्भव केही छैन । भारतमा जारी दृष्टिविहीन

सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने

कटारी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उदयपुरको सिद्धिचरण राजमार्गको

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो