पाँचथर विस्फोट अपडेट : घाइते अर्का बालकको पनि मृत्यु « Khabarhub

पाँचथर विस्फोट अपडेट : घाइते अर्का बालकको पनि मृत्यु


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ।

पाँचथरमा बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्कँदा चारजना बालबालिका घाइते भएका थिए। पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा उक्त घटना भएको । घटनामा गम्भीर घाइते भएका दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले बताएका छन्।

डीएसपी भण्डारीले खबरहबसँग भने, ‘स्थानीयले विस्फोटक पदार्थ पड्किएको भन्नुभएको छ अहिले नेपाली सेनाको डिस्पोजल टोली पुगेको छ। अर्को घर पछाडि पनि शंकास्पद वस्तु भेटिएको छ। आइतराज केरुङ माओवादी कार्यकर्ता भएको भन्ने हामीले पनि सुनेका छौं हामी यसको अध्ययन अनुसन्धान गरिरहेका छौं। विस्फोटक पदार्थ कहाँ थियो र कहिलेबाट राखियो त्यसको विषयमा पनि हामी खोजी गरिरहेका छौं’ ।

घटनामा दुई बालबालिका घाइते भएका छन्। एकजना बालक ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। यस्तै सात वर्षीय दिप्सन राईको भने सामान्य उपचार गराएर उनी फालेलुङमै छन्। दीप्सन राईलाई भने सामान्य चोट लागेको छ। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी भण्डारीका अनुसार दीप्सन राईले भने घर पछाडिबाट खेल्ने क्रममा सामान्य गोल जस्तो वस्तु घरको धुरीबाट झरेको थियो त्यसलाई खेलाउन जाने क्रममा बालबालिकाहरू घाइते भएका हुन्। 

आइतराज केरुङको घरमा ज्ञानबहादुर राई बस्दै आएका थिए । उनका  छोरा पवन हुन । घाइते भएलगत्तै चारजना बालबालिकालाई जिल्ला अस्पताल पाँचथर पुगाइएको थियो।

जिल्ला अस्पतालमा उपचार हुन नसकेकी पछि दुई जना बालबालिकालाई झापास्थित बिएनसी अस्पताल रेफर गरिएको थियो। तर इलाम आइपुग्दा नै प्रिन्साको मृत्यु भएको प्रहरीको भनाइ छ ।  दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा नपुर्‍याउँदै  मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ९ : १४ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।