प्रधानमन्त्रीसहित संघीय सांसदहरूलाई योगअभ्यास (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्रीसहित संघीय सांसदहरूलाई योगअभ्यास (तस्बिरहरू)


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्‍को दुवै सदनमा सदस्यहरूले शुक्रबार एकसाथ ध्यान र योगगरेका छन् ।

संसद सचिवालयसँगको सहकार्यमा जीवन विज्ञान संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई सहभागी गराएर योगअभ्यास गराइएको हो ।

उक्त योग र ध्यान कार्यक्रममा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र मन्त्रिपरिषदका सबै सदस्यसहित सरकारका उच्च अधिकारी सहभागी थिए ।

सरकारको नयाँ नीति तथा कार्यक्रमले समेटेको योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाज निर्माणमा काम गर्ने जनाएको थियो ।

त्यही नीतिअनुसार योग र ध्यानको स्वजागरण अभियानलाई अगाडि बढाउने मार्ग स्पष्ट गर्नका लागि दुवै सदनका सांसदका लागि ‘स्वजागरण’ कार्यक्रम गरिएको हो ।

प्रत्येक व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, खुसी, प्रेम, सहकार्य, शान्ति तथा ऊर्जाका क्षमतालाई जागरण गर्ने विज्ञान र विधिलाई नै स्वजागरण भनिने गरिएको छ ।

ध्यान र योगका विधिहरूको प्रयोगबाट व्यक्ति, परिवार, संस्था र देशमा अन्तर्निहित सम्भावना जागरण गर्न सकिने बताइएको छ ।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका यिनै विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  १२ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको