प्रधानमन्त्रीसहित संघीय सांसदहरूलाई योगअभ्यास (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्रीसहित संघीय सांसदहरूलाई योगअभ्यास (तस्बिरहरू)


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्‍को दुवै सदनमा सदस्यहरूले शुक्रबार एकसाथ ध्यान र योगगरेका छन् ।

संसद सचिवालयसँगको सहकार्यमा जीवन विज्ञान संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई सहभागी गराएर योगअभ्यास गराइएको हो ।

उक्त योग र ध्यान कार्यक्रममा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र मन्त्रिपरिषदका सबै सदस्यसहित सरकारका उच्च अधिकारी सहभागी थिए ।

सरकारको नयाँ नीति तथा कार्यक्रमले समेटेको योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाज निर्माणमा काम गर्ने जनाएको थियो ।

त्यही नीतिअनुसार योग र ध्यानको स्वजागरण अभियानलाई अगाडि बढाउने मार्ग स्पष्ट गर्नका लागि दुवै सदनका सांसदका लागि ‘स्वजागरण’ कार्यक्रम गरिएको हो ।

प्रत्येक व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, खुसी, प्रेम, सहकार्य, शान्ति तथा ऊर्जाका क्षमतालाई जागरण गर्ने विज्ञान र विधिलाई नै स्वजागरण भनिने गरिएको छ ।

ध्यान र योगका विधिहरूको प्रयोगबाट व्यक्ति, परिवार, संस्था र देशमा अन्तर्निहित सम्भावना जागरण गर्न सकिने बताइएको छ ।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका यिनै विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  १२ : ३९ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु