लागू औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ : माधव नेपाल « Khabarhub

लागू औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ : माधव नेपाल


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं–  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागू औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरू जाग्न आवश्यक रहेको बताएका छन् । 

दोलखामा रहेको गाईखुरा युवा क्लबले शुक्रबार आयोजना गरेको लागू औषध दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताए।

उनले भने, ‘पछिल्लो समय लागू औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ । त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरू त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ ।’ लागू औषध दुर्व्यसनका कारण युवाहरूले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उनले यसविरुद्ध सबै एकजुट हुन आग्रह गरे। 

उनले लागू औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिष्कार गर्नुपर्ने आवश्यक रहेको बताए। यसका लागि कठोर कानून आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) सांसद गङ्गा कार्की, नेपाली काङ्ग्रेसका नेता अजयवावु सिवाकोटी, विशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदूत डा. विश्वहरि नेपाललगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : ४० बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना