सुरुवाती तीन खेलमा एम्बाब्पे फ्लप, रियल मड्रिडले गुमायो ४ अंक « Khabarhub

सुरुवाती तीन खेलमा एम्बाब्पे फ्लप, रियल मड्रिडले गुमायो ४ अंक


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट फ्री ट्रान्सफरमा रियल मड्रिडमा आइपुगेका स्टार स्टाइकर किलियन एम्बाप्पेलाई नयाँ ठाउँमा फिट हुन मुस्किल परेको छ।

पीएसजीमा उत्कृष्ट प्रदर्शन गरेका विश्वविजेता युवा स्ट्राइकर एम्बाप्पे ला लिगाको नयाँ सिजनका सुरुवाती तीन खेलमा एक गोल पनि गर्न सकेका छैन् ।

ला लिगाका तीनै खेलमा सुरुवातमै मैदानमा उतारिएका एम्बाप्पेले रियलका लागि स्कोर गर्न अझै कुर्नुपर्ने भएको छ ।

एमबाप्पे चल्न नसक्दा गयराति भएको ला लिगाको तेस्रो चरणको खेलमा साविक विजेता रियल मड्रिडले लास पाल्माससँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपरेको छ ।

विश्वचर्चित र महँगा खेलाडीहरूलाई मैदानमा उतारे पनि रियलले तीनमध्ये दुई खेलमा बराबरी गर्न बाध्य भएको छ । एम्बाप्पेले रियलका लागि एटलान्टाविरुद्ध भएको युइएफए सुपर कपमा एक गोल गरेका थिए । त्यसयता ल लिगामा उनको सुरुवात भने निराशाजनक भएको छ।

गयरातिको खेलमा पछि परेको अवस्थामा रियलका लागि भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गरेका थिए । सुरुवाती अग्रता भने पाल्मासले खेलको पाँचौँ मिनेटमा मोलेरियोको गोलबाट गरेको थियो। खेलको पहिलो हाफमा पछि परेको रियलका लागि भिनिसियसले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरे । उनले खेलको ६९ औँ मिनेटमा गरेको पेनाल्टी गोलले रियलको हार टार्न सक्यो ।

रियलले यो सिजनको पहिलो खेलमा आरसीडी मालोर्कासँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको थियो । त्यसपछि दोस्रो खेलमा उसले भालाडोलिडलाई ३–० ले हराएको थियो ।

सिजनको दोस्रो खेलको डेब्युमै बरु ब्राजिलका युवा स्ट्राइकर इन्ड्रिकले गोल गरेर शानदार सुरुवात गरेका थिए । विश्वका स्टार खेलाडीहरूले भरिएको रियलको सिजनको थालनी गतिलो नभएपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले गत सिजनजस्तो बलियो हुन गाह्रो भएको बताए ।

‘यो सुरुवातले हामीलाई अपेक्षाभन्दा कठिन भएको छ। सुरुवाती तीन म्याचले मलाई धेरै चीज देखाए, मैले सोचेजस्तो काम भइरहेको छैन। हामीले चाँडै समाधान खोज्नु जरुरी भइसकेको छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ०१ बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको