सुरुवाती तीन खेलमा एम्बाब्पे फ्लप, रियल मड्रिडले गुमायो ४ अंक « Khabarhub

सुरुवाती तीन खेलमा एम्बाब्पे फ्लप, रियल मड्रिडले गुमायो ४ अंक


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट फ्री ट्रान्सफरमा रियल मड्रिडमा आइपुगेका स्टार स्टाइकर किलियन एम्बाप्पेलाई नयाँ ठाउँमा फिट हुन मुस्किल परेको छ।

पीएसजीमा उत्कृष्ट प्रदर्शन गरेका विश्वविजेता युवा स्ट्राइकर एम्बाप्पे ला लिगाको नयाँ सिजनका सुरुवाती तीन खेलमा एक गोल पनि गर्न सकेका छैन् ।

ला लिगाका तीनै खेलमा सुरुवातमै मैदानमा उतारिएका एम्बाप्पेले रियलका लागि स्कोर गर्न अझै कुर्नुपर्ने भएको छ ।

एमबाप्पे चल्न नसक्दा गयराति भएको ला लिगाको तेस्रो चरणको खेलमा साविक विजेता रियल मड्रिडले लास पाल्माससँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपरेको छ ।

विश्वचर्चित र महँगा खेलाडीहरूलाई मैदानमा उतारे पनि रियलले तीनमध्ये दुई खेलमा बराबरी गर्न बाध्य भएको छ । एम्बाप्पेले रियलका लागि एटलान्टाविरुद्ध भएको युइएफए सुपर कपमा एक गोल गरेका थिए । त्यसयता ल लिगामा उनको सुरुवात भने निराशाजनक भएको छ।

गयरातिको खेलमा पछि परेको अवस्थामा रियलका लागि भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गरेका थिए । सुरुवाती अग्रता भने पाल्मासले खेलको पाँचौँ मिनेटमा मोलेरियोको गोलबाट गरेको थियो। खेलको पहिलो हाफमा पछि परेको रियलका लागि भिनिसियसले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरे । उनले खेलको ६९ औँ मिनेटमा गरेको पेनाल्टी गोलले रियलको हार टार्न सक्यो ।

रियलले यो सिजनको पहिलो खेलमा आरसीडी मालोर्कासँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको थियो । त्यसपछि दोस्रो खेलमा उसले भालाडोलिडलाई ३–० ले हराएको थियो ।

सिजनको दोस्रो खेलको डेब्युमै बरु ब्राजिलका युवा स्ट्राइकर इन्ड्रिकले गोल गरेर शानदार सुरुवात गरेका थिए । विश्वका स्टार खेलाडीहरूले भरिएको रियलको सिजनको थालनी गतिलो नभएपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले गत सिजनजस्तो बलियो हुन गाह्रो भएको बताए ।

‘यो सुरुवातले हामीलाई अपेक्षाभन्दा कठिन भएको छ। सुरुवाती तीन म्याचले मलाई धेरै चीज देखाए, मैले सोचेजस्तो काम भइरहेको छैन। हामीले चाँडै समाधान खोज्नु जरुरी भइसकेको छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ०१ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज