राजेन्द्र लिङ्देनको टिप्पणी- अस्थिरताका कारक कांग्रेस र एमाले नै हुन् « Khabarhub

राजेन्द्र लिङ्देनको टिप्पणी- अस्थिरताका कारक कांग्रेस र एमाले नै हुन्


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरताका कारक दलहरू नै अहिले सरकारमा रहेको बताएका छन् ।

राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलका रुपमा मत पाएर अहिले सरकारमा रहेका दल नै अस्थिरताको प्रमुख कारक भएको बताए ।

उनले अहिले ठूला दलहरू मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य विषय नभएको जिकिर गरे ।

लिङ्देनले सत्ताको दुरुपयोग भएकै कारण मुलुकमाथि उठ्न नसकेको बताए । अब पनि राप्रपाजस्तो पार्टी शक्ति बलियो बनेर नआए देश दीर्घकालीन निराशाको खाडलमा गएर अराजकता आउनले उनले बताए ।

अहिले अभिभावकको रिक्ततालाई राप्रपाले नेतृत्व लिएर अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । लिङ्देनले अहिलेको प्रणालीमा परिवर्तन गर्नुपर्ने भएकाले राप्रपाले ठीक ढंगले आफूलाई अघि बढाउनुपर्ने उल्लेख गरे ।

राप्रपा पनि निष्क्रियय भए देशका लागि दुर्भाग्य हुने उनले बताए । सदनमा राप्रपाले ठीक ढंगले आफ्नो काम गरिरहेको जिकिर पनि लिङ्देनले गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ४० बजे

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका