काठमाडौं– विस्फोटक पदार्थ पड्किँदा पाँचथरमा भएको दुई जना दाजु बहिनीको मृत्युबारे गृहमन्त्री रमेश लेखकले छोटो प्रतिक्रिया दिएका छन् । उनले बम सशस्त्र द्वन्द्वकालको भएको पुष्टि गरे ।
गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयमा पत्रकारहरूसँगको अन्तर्क्रियामा यस्तो बताएका हुन् । ‘पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको प्रहरीको ब्रिफिङ छ । ग्रिनेड पड्कियो । अत्यन्त दुःखद घटना भयो । आज मात्रै प्रहरीसँग लामो कुराकानी गरेको थिए । उनले भने, ‘यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको देखियो ।’
उनले सशस्त्र द्वन्द्वको पीडा जीवित भएको भन्दै यो घटनाले दुखद भएको बताए ।
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा
स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई बर्सिया छोरी प्रिन्साको ज्यान गएको थियो ।
दिप्सन र प्रिन्सा छिमेकी ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवनसँग खेल्न गएका थिए । त्यही क्रममा बम विस्फोट हुँदा घाइते पवनको उपचार जारी छ । ज्ञानबहादुरको परिवार माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको घरमा १० वर्षदेखि बस्दै आएको थियो ।
यो पनि
बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो
पाँचथरमा घरेलु विस्फोटक पड्कँदा ३ बालबालिका गम्भीर घाइते
पाँचथर विस्फोट : एक बालिकाको मृत्यु (अपडेट)
पाँचथर विस्फोट अपडेट : घाइते अर्का बालकको पनि मृत्यु
प्रतिक्रिया