जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता « Khabarhub

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

जउवा संघको नयाँ नेतृत्वका लागि भदौ २९ गते हुने निर्वाचनका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन् । जितेन्द्र यस अघि वरिष्ठ उपाध्यक्ष भएर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व सम्हाली सकेका छन् भने पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए ।

भण्डारी सदस्य, महासचिव तथा उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै मनिष वर्तमान कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा रहेर काम गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : ३० बजे

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको