टुँडिखेलमा ओली-देउवाविरूद्ध नारा लगाउने युवा ९ हजार धरौटीमा छुटे « Khabarhub

टुँडिखेलमा ओली-देउवाविरूद्ध नारा लगाउने युवा ९ हजार धरौटीमा छुटे


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा छुटेका छन् ।

ओली र देउवाविरुद्ध नाराबाजीमा संलग्न युवाहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेर सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा लगेको थियो ।

उक्त मुद्दाको सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी माधवप्रसाद ढुंगानाले नयाँ देवानी संहिताअनुसार आएको अभद्र व्यवहार मुद्दामा उनीहरू तीनैजनालाई जनही ९–९ हजार रुपैयाँ धरौटी मागिएको बताए । तीनैजनाले जनही ९ हजार धरौटी बुझाएपछि रिहा भएका हुन् ।

प्रहरीले उक्त प्रकरणमा सुदूरपश्चिमको पर्व मनाउन आयोजित कार्यक्रम बिथोल्न खोजेको अभियोगमा सुर्खेतका गोपीकृष्ण जैशी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको थियो ।

टुँडिखेलको गौरा पर्व कार्यक्रममा प्रमुख अतिथि ओली र विशिष्ट अतिथि देउवाविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई चोरको संज्ञा दिँदै देश छोड्न पनि चेतावनी दिएका थिए ।

दुवै नेताविरुद्ध ‘मुर्दावाद’सहित आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आपत्तिजनक नारासहित विरोध गरिएपछि दुवै नेताले त्यस दिन छोटो भाषण गरे । देउवाले त मञ्चबाटै नाराबाजी गर्नेलाई अराजकको संज्ञा दिएर आक्रोश पनि पोखे । ओलीले भने युवाहरूमा संस्कृति विरोधी गतिविधि बढेको गुनासो मात्रै गरे ।

त्यस दिन आपत्तिजनक नारासहित विरोधमा उत्रिएका युवालाई उनै गोपीकृष्ण जैशीले नेतृत्व गरेको प्रहरीले जनाएको थियो । सबैभन्दा अगाडि रहेका उनले त्यहीँ युट्युबरलाई बाइट दिँदै यस्ता नेतालाई देशबाट लखेट्ने पनि बताएका थिए । जैसी वैदेशिक रोजगारीबाट आएका थिए । उनी बिदा सकेर वैदेशिक रोजगारीमा जान लागेका थिए।

सोमबार नै जैशीले आफ्नो फेसबुक पेजबाट लाइभसमेत गरेको प्रहरीले भेट्टाएको थियो । ओली र देउवाको विरोध गरिएको ठाउँबाटै उनले ‘बालेन साह हाईहाई’ जस्ता नारा लगाएको भिडियो पनि भेटिएको थियो ।

यो भिडियोका आधारमा माओवादी कार्यकर्ता जैसीले गौराको कार्यक्रम बिथोल्ने नाममा बालेन्द्र साहलाई बदनाम गर्ने कोसिस भएको निष्कर्ष निकालेको थियो । यसबारे काठमाडौंका मेयर साहले केही बोलेका छैनन् ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ७ : १५ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ