सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन्छ : सभापति देउवा « Khabarhub

सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन्छ : सभापति देउवा


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक लोकापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका हुन् ।

देउवाले अहिलेको संविधान समावेशीसहितको रहेको बताएका छन् ।

‘आवश्यक परे सबैले ठान्यो भने संशोधन हुनसक्छ । अहिले वास्तवमा धेरै राम्रो र महत्त्वपूर्ण काम भएको छ, यो संविधान समावेशी छ,’ उनले भने ।

देउवाले समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सदृढ गर्नुपर्ने पनि बताएका छन् ।

उनले जनताका अधिकारलाई थप बलियो बनाउन जरुरी रहेको बताए । देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

संविधानमा कमजोरी भए सुधार्न सकिने उनको भनाइ छ । संक्रमणकालीन न्यायका बिषयलाई सर्वसम्मत पास गरेर राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास देउवाले व्यक्त गरे ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ७ : ५९ बजे

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी