प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गरेको अभियोगमा पक्राउ « Khabarhub

प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गरेको अभियोगमा पक्राउ


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालका–४ घर भइ हाल काठमाडौं महानगरपालिका–८ कालोपुल बस्ने २५ वर्षीय सुमन तामाङ भन्ने मिङमार तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेका निज तामाङले गएको साउन २२ गते काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौँ डल्लु बस्ने तीर्थ लाल तामाङलाई आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोसाकको प्रहरी निरीक्षक हुँ भन्दै सुनको एक तोलाको सिक्री र नगद रु ६७ हजार लिई फरार भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

निजले ठगी गरेको सुनको सिक्री खरिद गर्ने बाग्लुङ काटेखोला गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–९ गोङ्गबुस्थित बाग्लुङ भगवती सुन चाँदी पसल सञ्चालन गरी बस्ने ६३ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरिएको सूचना अधिकारी आचार्यले बताए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ९ : १२ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा