रसियाले खसाल्यो अमेरिकी एफ–१६ फाइटर, पाइलट पनि मारिए « Khabarhub

रसियाले खसाल्यो अमेरिकी एफ–१६ फाइटर, पाइलट पनि मारिए


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले पहिलो चरणमा युक्रेनलाई दिएकोमध्ये एउटा एफ–१६ फाइटर जेटलाई रसियाले किन्झल मिसाइल हानेर ध्वस्त पारिदिएको छ। यस क्रममा युक्रेनी वरिष्ठ पाइलट ओलेक्सी मेस पनि मारिएका छन् ।

उता युक्रेनी सेनाले भने समन्वय हुन नसक्दा अमेरिकी प्याट्रियट रक्षा प्रणालीले झुक्किएर निशाना बनाउँदा अमेरिकी फाइटर जेट ध्वस्त भएको दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदमीर जेलेन्स्कीले मंगलबार आधिकारिक रूपमा अमेरिकी निर्मित एफ– १६ लाई रुसी ड्रोन र क्षेप्यास्त्रहरू खसाल्न तैनाथ गरिएको पुष्टि गरे।

नेटो राष्ट्रहरूबाट अमेरिकी एफ–१६ लडाकु विमान जुलाईमा युक्रेनलाई प्रदान गरिएको थियो । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले लामो समयदेखि मागिरहेको अमेरिकामा निर्मित एफ–१६ लडाकु विमान दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०२३ मा सहमति दिएको १४ महिनापछि एफ–१६ लडाकु विमान युक्रेन पठाइएको थियो । त्यसमध्ये एउटा विमान रसियाले ध्वस्त पारिदिएकाे हाे।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १० : २८ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा