‘रिमै’को छायांकनका लागि अमेरिकाबाट आइन् ‘कबड्डकी मैयाँ’ « Khabarhub

‘रिमै’को छायांकनका लागि अमेरिकाबाट आइन् ‘कबड्डकी मैयाँ’


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘कबड्डी’ श्रृखंलामा ‘मैयाँ’को भूमिकाबाट चर्चामा आएकी रेश्मा गुरुङ छायाङ्कनमा सहभागी हुन नेपाल आएकी छन् ।

असोज अन्तिमबाट छायांकन हुने फिल्म ‘रिमै’का लागि उनी आइतबार अमेरिकाबाट काठमाडौं आइपुगेकी हुन् ।

त्रिभुवन विमानस्थल परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा रेश्माले राम्रो कथा र नायकहरुका कारण फिल्ममा काम गर्न उत्साहित रहेको बताइन् ।

भनिन्, ‘विशेषगरी फिल्म गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

अमेरिकामा बसोबास गर्दै आए पनि फिल्मबाट टाढा नरहेको उनले बताइन्। प्राविधिक कारणले आफ्नो फिल्म प्रदर्शनमा नआउँदा लामो समय हलमा दर्शकले देख्न नपाएको उनी स्वीकार गर्छिन् ।

भन्छिन्, ‘मैले केही वर्षअघि मात्रै एक फिल्ममा काम गरेकी थिएँ। त्यो सिनेमा अहिलेसम्म प्रदर्शनमा आएको छैन । त्यसैले लामो ग्याप देखियो ।’

रेश्माले विसं २०७७ को अन्तिमदेखि छायाङ्कन सुरु भएको फिल्म ‘क्रसरोड’मा काम गरेकी थिइन् । उक्त फिल्म प्रदर्शनमा आएको छैन ।

‘रिमै’मा रेश्मा, सौगात, दयाहाङसहित कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ । यी कलाकारहरुको ‘कबड्डी श्रृखंलामा पनि अभिनय रहेको छ ।

निर्माण पक्षका अनुसार आगामी घटस्थापनामा फिल्मको शुभमुहूर्त हुनेछ । असोज २८ गतेदेखि गोरखाको सिरानचोकबाट छायांकन सुरु हुनेछ ।

उपेन्द्र सुब्बाले लेखेको यस फिल्मको निर्देशन खिलबहादुर गुरुङ गर्नेछन् । निर्माता वीरबहादुर घलेले हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : २८ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन