आज २०८१ साल असोज १४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १४ गते सोमबारको राशिफल


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज १३ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको त्रयोदशी तिथि। त्रयोदशी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। पढाइमा रुचि बढ्नेछ। परीक्षाको दिन भए राम्रो नतिजा प्राप्त हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

वृष : स्वास्थ्यमा नसोचेको समस्या हुनसक्छ। खानपानमा सचेत बन्नुपर्नेछ। शिक्षाको लगानीमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारले संकटमा साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंले विश्वास र संरक्षण गरेका मान्छे विपक्षी कित्तामा पुग्नेछन्। बोल्दा शब्दको चयन गर्नु राम्रो हुनेछ। सानो भनेर रोगलाई लापरवाही गरेमा गम्भीर जोखिम बढ्नसक्छ। परिवारमा तपाईंको कुरा नबिक्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो होला।

कर्कट : लगानी गरेको भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। सम्पत्ति र पदले घमण्ड बढ्नेछ। लगानीका स्रोतमध्ये उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

सिंह : सुन्दर बन्न मन लाग्नेछ। तपाईंको रुपको प्रशंसा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। परिवारमा हुने सम्बन्धमा शान्त वातावरण बन्नेछ। खानपानमा ख्याल नगर्दा नयाँ रोगको प्रकोप बढ्नेछ। व्यवहार गर्दा सचेत बन्नु राम्रो होला।

कन्या : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनसक्ने जोखिम देखिन्छ। लगानीका क्षेत्रमध्ये भूमि सम्बन्धी कारोबारमा आम्दानी हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

तुला : लगानीका क्षेत्रमा सफलता मिल्नेछ। निजी क्षेत्रको लगानीबाट अगाडि बढ्ने योग छ। सामाजिक संस्था र पश्चिमा धर्मको आँडमा नाम र दाम बढ्नेछ। परिवारमा रचनात्मक काम बन्नेछ।

वृश्चिक : आम्दानीका बाटा प्रशस्त भए पनि मन अशान्त बन्ने जोखिम छ। धार्मिक चर्चा परिर्चामा सहभागी हुन पाइने छ। वैदेशिक क्षेत्रको लगानीमा मन जानेछ। परिवारमा सुख मिल्ने योग छ।

धनु : धन लाभ हुने दिन छ। राजनीतिक संगठनबाट साथ र सहयोग रहनेछ। परिवारले ठुलो साथ दिनेछ। खानपानमा ख्याल नगर्ने बानीले पेट सम्बन्धी समस्या बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

मकर : आफ्नो इच्छा विपरितको काम गर्नुपर्ने बाध्यता हुनसक्छ। मन अशान्त बन्नेछ। शनि शान्ति गरेमा मन सामान्य बन्नसक्छ। शनिको पूजा मात्र गरेमा परिवारमा मेलमिलाप हुनेछ।

कुम्भ : सप्तम भावमा चन्द्रमा रहेका छन्। परिवारमा प्रेम बढ्नेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीन : अनावश्यक खर्च बढ्ने जोखिम छ। सानोसानो काममा खर्च कटौती गर्नुपर्ने देखिन्छ। आफन्तले हरेक काममा साथ दिनेछन्। बिहानै गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ३४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई