म्यानचेस्टर युनाइटेड ३-० ले पराजित « Khabarhub

म्यानचेस्टर युनाइटेड ३-० ले पराजित


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा मयानचेस्टर युनाइटेडलाई टोटनहामले ३-० गोल अन्तरले पराजित गरेको छ।

भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो। यो हारले प्रशिक्षक एरिक टेन हागमाथि दबाब समेत परेको छ।

खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनहामको दबदबा सुरु भएको थियो। मिक्की भान डी भेनले बनाएको मुभमा जोन्सनले गोल गरेका थिए।

४२ औं मिनेटमा ब्रनो फर्नान्डेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडलाई थप धक्का लागेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा नै डेजान भुलिभ्सेस्कीको गोलमा टोटनहामले अग्रतालाई दोब्बर पारेको थियो। नियमित समय सकिन १२ मिनेट बाँकी रहँदा डेभिड सोलान्कोले अर्को गोल थपे।

इङ्लिस प्रिमियर सिपकै अर्को खेलमा इप्सविच र एस्टनभिल्लाको खेलमा २-२ गोलको बराबरी भएको छ। इप्सविचको घरेलु भूमिमा भएको खेलमा लियाम डेलापले दुवै गोल गरेका थिए।

भिल्लाका लागि रोजर्स र वाटकिन्सले गोल गरे। आइतबारको खेलपछि टोटनहाम ८ औं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड १२ औँ स्थानमा छ।

यसैगरी इप्सविच १५ औं स्थानमा छ। अस्टन भिल्ला भने तालिकामा अग्रता कायम गर्ने अवसरबाट चुकेको छ। १३ अङ्क भएको भिल्ला पाँचौँ स्थानमा छ। १५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले