झ्याप्लेखोला घटना : धादिङका प्रजिअ गृहमा तानिए « Khabarhub

झ्याप्लेखोला घटना : धादिङका प्रजिअ गृहमा तानिए


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सीमाक्षेत्र झ्याप्लेखोलामा पहिरोले गाडी पुरेको प्रकरणमा धादिङका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।

असोज ११ गते भीषण वर्षाबीच यात्रुवाहक सवारीसाधनलाई राजमार्गमा गुड्नबाट नरोक्दा झ्याप्लेखोलामा ३ वटा गाडी पुरिएको निष्कर्षसहित धादिङका प्रजिअ राजेन्द्रदेव पाण्डेलाई गृहमा तानिएको हो ।

मौसम पूर्वानुमान महाशाखाको पूर्वचेतावनीपछि गृह मन्त्रालयले रातिको समयमा नारायणगढ–मुग्लिङ र मुग्लिङ–काठमाडौं सडकखण्डमा राति सवारी नचलाउन र नचलाउने व्यवस्था गर्न मातहतलाई निर्देशन दिएको थियो ।

तर उक्त निर्देशन पालना नहुँदा धादिङमा पर्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि बिनारोकटोक सवारी साधन चलेका थिए ।

राति चलेका सवारीसाधनमध्ये शुक्रबार राति बुटवलबाट आएको विंगर, गोरखाबाट आएको दरौँदी यातायातको बस र चितवनबाट आएको माइक्रोबसलाई पहिरोले पुर्दा अहिलेसम्म ३५ जनाको शव भेटिएको छ।

यस प्रकरणमा धादिङका प्रजिअ पाण्डेले गृहमन्त्रालयको निर्देशन प्रहरीमार्फत पालना गराउन असफल भएको निष्कर्ष गृहले निकाले हो ।

धादिङमा प्रहरी–प्रशासनले बेवास्ता गरेकोले झ्याप्ले खोलामा गाडी पुरिँदाका ३५ र अर्को घटनाका ४ सहित ३९ जनाले ज्यान गुमाएका छन् ।

यी घटनामा प्रमुख जिल्ला अधिकारी पाण्डेको लापरबाही रहेको निष्कर्षसहित गृह मन्त्रालयमा तानिएको हो ।

गृहले धादिङमा सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । झ्याप्लेखोला विपदमा धादिङका प्रहरी प्रमुखको पनि आलोचना भइरहेको छ ।

शुक्रबार र शनिबारको विनाशलाई लिएर कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखककोसमेत कडा आलोचना भइरहेको छ ।

आइतबार भएको सर्वदलीय बैठकमा दलका नेताहरूले पूर्वचेतावनी हुँदा पनि तयारी नगरेको भन्दै दुवैको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : १० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी