समाचार

संसदीय सुनुवाइसहित दुईवटा समितिको बैठक बस्दै

By खबरहब

September 30, 2024

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।

बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुकाे सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।