बाढीपहिरो पीडितलाई एनआरएनएको सहयोग घोषणा « Khabarhub

बाढीपहिरो पीडितलाई एनआरएनएको सहयोग घोषणा


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लण्डन– लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ ।

समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् ।

पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने जनाइएको छ ।

अध्यक्ष डा. केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

यसैक्रममा सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौंमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ ।

समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् (केन्द्रीय समिति) बैठकमा प्रस्तुत गर्नेछ ।

बाढीपहिरोबाट काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन् ।

सङ्घका महासचिव गौरीराज जोशीले सङ्घको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल भएको जानकारी र्दिए । उक्त साधारणसभा आगामी कात्तिकको ११ र १२ गते काठमाडौंमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : ३३ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री