समाचार

धादिङसँगै काभ्रेका प्रमुख जिल्ला अधिकारी पनि तानिए

By खबरहब

September 30, 2024

काठमाडौं– गृह मन्त्रालयले धादिङसँगै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीलाई पनि तानेको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई मन्त्रालयमा तानिएको हो ।

मन्त्रालयले काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा व्यापक जनधनको क्षति भएको छ ।

काभ्रेमा सबै भन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन् । धादिङ र काभ्रेमा विपद्‍का बेला प्रभावकारी काम गर्न नसकेको र गृहमन्त्रालयको निर्देशन पनि कार्यान्वयन नगरेको आरोप लागेको छ ।

यसअघि धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृहमा तानिएको छ । उनको ठाउँमा सुमन घिमिरेलाई पठाइएको छ।