अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड | Khabarhub Khabarhub

अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ ।

भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो ।

दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ ।

मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ ।

मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन् । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ । दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो ।

मिथुनले बलिवुडमा ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने तीन नेशनल अवार्ड समेत जितेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : ०९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग