काभ्रेमा बाढीले ठूलो क्षति : फसेका यात्रु र स्थानीयलाई उद्धार गर्दै सेनाको हेलिकप्टर « Khabarhub

काभ्रेमा बाढीले ठूलो क्षति : फसेका यात्रु र स्थानीयलाई उद्धार गर्दै सेनाको हेलिकप्टर


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढी, पहिरो, डुबानसहितका प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र यात्रु र स्थानीयको हवाई उद्दारलाई तीव्र पारिएको छ ।

आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिकासहितका क्षेत्रमा उद्दारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

‘गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिबाट उद्दार गर्न सकिएन’, उनले भने, ‘मौसममा सुधार आएसंगै सेनाको हेलिकप्टर उद्दारमा निरन्तर खटिएको छ ।’

उनले सोमबार (हालसम्म) सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्दार गरि सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए ।

उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयलाई गृह मन्त्रालयले तत्कालै राहत सामाग्री पनि उपलब्ध गराइरहेको उनले बताए ।

त्यसैगरी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा पठाइएको प्रवक्ता तिवारीले बताए ।

आइतबार काभ्रपलाञ्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।

यहाँको बीपी राजमार्गमा अवरुद्ध सडक खुलाउने कोसिससँगै डोरीको सहयोगमा सुरक्षाकर्मीले अलपत्र यात्रुको उद्धार जारी राखेका छन् ।

उक्त क्षेत्रको सडक सुचारु गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थ हेलिकप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ ।

विपद्मा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रवक्ता तिवारीका अनुसार हालसम्म सुरक्षाकर्मीहरूले चार हजार जनाको सकुशल उद्दार गरिसकेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : २४ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच