काभ्रेमा बाढीले ठूलो क्षति : फसेका यात्रु र स्थानीयलाई उद्धार गर्दै सेनाको हेलिकप्टर « Khabarhub

काभ्रेमा बाढीले ठूलो क्षति : फसेका यात्रु र स्थानीयलाई उद्धार गर्दै सेनाको हेलिकप्टर


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढी, पहिरो, डुबानसहितका प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र यात्रु र स्थानीयको हवाई उद्दारलाई तीव्र पारिएको छ ।

आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिकासहितका क्षेत्रमा उद्दारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

‘गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिबाट उद्दार गर्न सकिएन’, उनले भने, ‘मौसममा सुधार आएसंगै सेनाको हेलिकप्टर उद्दारमा निरन्तर खटिएको छ ।’

उनले सोमबार (हालसम्म) सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्दार गरि सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए ।

उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयलाई गृह मन्त्रालयले तत्कालै राहत सामाग्री पनि उपलब्ध गराइरहेको उनले बताए ।

त्यसैगरी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा पठाइएको प्रवक्ता तिवारीले बताए ।

आइतबार काभ्रपलाञ्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।

यहाँको बीपी राजमार्गमा अवरुद्ध सडक खुलाउने कोसिससँगै डोरीको सहयोगमा सुरक्षाकर्मीले अलपत्र यात्रुको उद्धार जारी राखेका छन् ।

उक्त क्षेत्रको सडक सुचारु गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थ हेलिकप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ ।

विपद्मा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रवक्ता तिवारीका अनुसार हालसम्म सुरक्षाकर्मीहरूले चार हजार जनाको सकुशल उद्दार गरिसकेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : २४ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार