लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु « Khabarhub

लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ ।

‘हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।’

आक्रमणमा उनकी श्रीमती, छोरा र छोरीसहितको मृत्यु भएको हमासले बताएको छ । लेबनानी राष्ट्रिय समाचार संस्थाले टायर शहर नजिकै अल बासमा हवाई आक्रमण भएको र शिविरलाई निशाना बनाइएको यो पहिलो पटक भएको जनाएको छ ।

पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन (पिएफएलपी) ले बेरुतको कोला जिल्लामा सोमबार बिहान भएको आक्रमणमा आफ्ना तीन जना सदस्यको मृत्यु भएको बताएको केही घण्टापछि उक्त वक्तव्य आएको हो ।

करिब एक वर्षअघि गाजा युद्ध सुरु भएयता इजरायलले लेबनानमा रहेका हमासका अधिकारीलाई पटक–पटक निशाना बनाउँदै आएको छ । गत जनवरीमा इजरायलले गरेको आक्रमणमा हमासका उपनेता सालेह अल–अरुरी र अन्य छ जना लडाकू मारिएका थिए ।

गत अगस्टमा दक्षिण लेबनानको सिदोन शहरमा इजरायली आक्रमणमा हमासका कमाण्डर समर अल हजको मृत्यु भएको थियो । लेबनानमा रहेका ती शिबिरहरू गाजामा इजरायल स्थापनाको समयमा सन् १९४८ को युद्धताका स्थापना गरिएको थियो ।

लामो समयदेखिको परम्पराअनुसार लेबनानी सेना शिविरबाट बाहिर रहन्छ र प्यालेस्टिनी समूहलाई त्यहाँको सुरक्षा सम्हाल्ने जिम्मेवारी दिइन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : ४६ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले