काठमाडौं– टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट क्षति पुगेका टाटा प्यारेन्जर गाडीमा थप क्षति हुनबाट रोक्नका आपत्कालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ ।
सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन् । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पूर्ण मर्मत गरी हस्तान्तरण गरिने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले यस दुःखद घडीमा ग्राहकलाई थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो ।
यस सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया