बाढीको असर : दुईवटा फिल्म हलबाट उतारियो « Khabarhub

बाढीको असर : दुईवटा फिल्म हलबाट उतारियो


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार (असोज ११) बाट दुई फिल्म ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आए । तर ती दुवै फिल्मलाई निर्माताहरूले हलबाट निकालेका छन् ।

यी फिल्म प्रदर्शनमा आएकै दिन काठमाडौंसहित देशभर भारी वर्षा भयो । ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक हुन लाग्यो ।

त्यहीकारण हलबाट फिल्म उतारेको निर्माण पक्षले जनाएको छ ।

‘सानो संसार’का निर्माताद्वय माधव वाग्ले र अर्जुन कुमारले शनिबार नै प्रेस विज्ञप्ति जारी गरी फिल्मको प्रदर्शन स्थान गरेका थिए ।

प्रिन्सेस मुभीको लेटरहेटमार्फत जारी गरिएको सो विज्ञप्तिमा लेखिएको छ, ‘बाढी पहिरो र प्राकृतिक विपत्तिको कारण जनमानसलाई आवतजावत गर्नसमेत कठिन भएको परिप्रेक्षमा सबैभन्दा पहिला आममानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हाम्रो चलचित्र ‘सानो संसार’ केही समयको लागि प्रदर्शन स्थगित गरेका छौं ।’

उक्त विज्ञप्तिमा सहज वातावरण भएपछि फिल्म पुनःप्रदर्शन गरिने उल्लेख गरे पनि मिति भने एकिन गरिएको छैन ।

त्यस्तै, फिल्म आँखाको पनि सोमबारदेखि प्रदर्शन स्थागित गरिएको छ । लेखक एवम् निर्देशक जौन योञ्जनले आइतबार साँझ विज्ञप्ति निकालेर बाढीकै कारण फिल्मको प्रदर्शन स्थगन गर्नु परेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा पनि फिल्म पुनःप्रदर्शन गरिने उल्लेख गरे पनि मितिबारे केही खुलाइएको छैन।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ५० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा