बाढीको असर : दुईवटा फिल्म हलबाट उतारियो « Khabarhub

बाढीको असर : दुईवटा फिल्म हलबाट उतारियो


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार (असोज ११) बाट दुई फिल्म ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आए । तर ती दुवै फिल्मलाई निर्माताहरूले हलबाट निकालेका छन् ।

यी फिल्म प्रदर्शनमा आएकै दिन काठमाडौंसहित देशभर भारी वर्षा भयो । ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक हुन लाग्यो ।

त्यहीकारण हलबाट फिल्म उतारेको निर्माण पक्षले जनाएको छ ।

‘सानो संसार’का निर्माताद्वय माधव वाग्ले र अर्जुन कुमारले शनिबार नै प्रेस विज्ञप्ति जारी गरी फिल्मको प्रदर्शन स्थान गरेका थिए ।

प्रिन्सेस मुभीको लेटरहेटमार्फत जारी गरिएको सो विज्ञप्तिमा लेखिएको छ, ‘बाढी पहिरो र प्राकृतिक विपत्तिको कारण जनमानसलाई आवतजावत गर्नसमेत कठिन भएको परिप्रेक्षमा सबैभन्दा पहिला आममानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हाम्रो चलचित्र ‘सानो संसार’ केही समयको लागि प्रदर्शन स्थगित गरेका छौं ।’

उक्त विज्ञप्तिमा सहज वातावरण भएपछि फिल्म पुनःप्रदर्शन गरिने उल्लेख गरे पनि मिति भने एकिन गरिएको छैन ।

त्यस्तै, फिल्म आँखाको पनि सोमबारदेखि प्रदर्शन स्थागित गरिएको छ । लेखक एवम् निर्देशक जौन योञ्जनले आइतबार साँझ विज्ञप्ति निकालेर बाढीकै कारण फिल्मको प्रदर्शन स्थगन गर्नु परेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा पनि फिल्म पुनःप्रदर्शन गरिने उल्लेख गरे पनि मितिबारे केही खुलाइएको छैन।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ५० बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८