बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति « Khabarhub

बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताएका छन् ।

अनेरास्ववियुले सोमबार काठमाडौंमा गरेको ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएर ठूलो क्षति भएको बताएका छन् ।

दाहालले क्षतिग्रस्त सडकहरूको मर्मत गरी यातायात सुचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे ।

चाडवाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्ड पनि मर्मत गरिने बताए ।

उनले चाडवाडमा हवाई भाडा निकै महंगो देखिएकाले नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताउए ।

यात्रुहरूलाई सहज रुपमा यात्रा गराउन प्रभावकारी रुपमा अनुगमन गरिने दाहालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : १७ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट