अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट | Khabarhub Khabarhub

अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ नेतृत्वलाई लिएर नेकपा मा‌ओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद बढ्दै गएको छ ।

काठमाडौंको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहदको विषयलाई लिएर क्रान्तिकारी फरक फरक समूहबीच हानाहान भएको हो ।

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि दीपेश पुन, पवन कार्की र नरेश रेग्मीसहितका विद्यार्थी नेताहरू दौडमा छन् ।

यस्तोमा उनीहरूलाई माओवादीका कुनै न कुनै पदाधिकारीले साथ दिएका छन् । गुटगत विवाद बढ्दै जाँदा क्रान्तिकारीको सम्मेलनस्थल कीर्तिपुरमा उमेर हदको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको हो ।

सार्वजनिक भएको एउटा भिडियोमा दुई समूहबीच घम्साघम्सी चलिरहेको छ। सुरक्षाका लागि तैनाथ प्रहरीले छुटाउन खोजे पनि ठूलो भिडबीचको घम्साघम्सी मिलाउन मुस्लिक परेको देख्न सकिन्छ । भिडबाट बाहिरका विद्यार्थी हान्, हान्, हान् भनिरहेको भिडियोमा सुन्न सकिन्छ ।

सम्मेलन उद्घाटनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरूलाई उमेरहदबारे बताएका थिए । उनले खुमलटारमै नेताहरूलाई डाकेर २८, ३० र ३२ वर्षे उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न भनेका थिए ।

प्रचण्डले उमेर हदबन्दी लगाउने-नलगाउने निर्णय मतदानमार्फत टुंग्याउन भनेपछि सम्मेलन उद्घाटन गरेर बन्दसत्र थालिएको थियो । तर चार दिन हुँदा पनि क्रान्तिकारीको सम्मेलन सकिनेभन्दा किचलोतिर गएको हो ।

बन्दसत्रमा उमेरहदबारे मतदान गर्ने-नगर्ने विषयमा छलफ चलिरहेका बेला दुई गुटबीच बढेको विवादले कुर्सी हानाहान र ठेलाठेल भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार एकजना विद्यार्थी प्रतिनिधिले विवादका क्रममा चक्कु नै निकालेका थिए । क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा उमेर हदबन्दीले नयाँ विवाद जन्माएको छ ।

आइतबार पनि यसबारे विवाद भएको थियो । एउटा पक्षले उमेरहद लगाउन मागसहित सम्मेलनस्थलमा नाराबाजी गरे । तर अर्को गुटका विद्यार्थी उमेरहदको विवक्षमा उभिँदा तनाव भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : ५८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले