जापान : निर्वाचन गर्ने तयारीमा एलडीपी नेता इसिबा | Khabarhub Khabarhub

जापान : निर्वाचन गर्ने तयारीमा एलडीपी नेता इसिबा


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानका नव निर्वाचित लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । 

उनी अक्टोबर १ अर्थात् मंगलबार औपचारिक रूपमा जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनेछन् । संसद्मा बहुमत रहेको एलडिपीबाट शुक्रबार पार्टी नेता चुनिएपछि उनी प्रधानमन्त्रीको लागि निर्विकल्प उम्मेदवार बनेका हुन्।

इसिबाले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि अक्टोबर ९ मा संसद् विघटन गर्ने योजनालाई अन्तिम रूप दिइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनले एलडीपी नेतृत्वको दौडमा भाग लिने मन्त्रिमण्डलका पूर्व मुख्यमन्त्री कत्सुनोबु कातोलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना प्रबल रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

नयाँ मन्त्रीमण्डलमा पूर्व रक्षामन्त्री जनरल नाकातानी पुरानै काममा फर्किनु हुनेछ भने अर्का पूर्व रक्षा मन्त्री ताकेसी इवाया विदेशमन्त्रीका रूपमा आउने सम्भावना छ ।  

एनएलआई रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री तारो साइतोले इसिबाले अहिलेसम्म जापानमा सार्वजनिक वित्त कसरी सुधार गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गरेको बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : ४३ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले