माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने « Khabarhub

माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । 

पार्टीको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।

पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । 

सो केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूले दश-दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्रसमेत गरेको छ ।

पार्टीका प्रदेश समितिले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

 केन्द्रीय कार्यालयमा पार्टीको विपद् व्यवस्थापन विभागले ‘हेल्प डेस्क’ स्थापना गरेर दैनिक विपद्को स्थिति अद्यावधिक गर्ने व्यवस्था माओवादीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : ५४ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली