झ्याप्लेमा अवरुद्ध सडक खुल्यो | Khabarhub Khabarhub

झ्याप्लेमा अवरुद्ध सडक खुल्यो


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए।

‘आजदेखि काठमाडौँ उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बहिरिने छन्’, उनले भने, ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।’

आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढीपहिरो, डुबान तथा विपद्मा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका थिए । 

‘आज साँझसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ’, प्रवक्ता तिवारीले भने, ‘अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार गरिरहेको छ ।’

प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । ‘अवरुद्ध सडक खुल्ने र खुलाउने क्रम  जारी छ’, उनले भने, ‘अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।’

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।

‘रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ’, प्रवक्ता तिवारीले भने, ‘घाइतेहरुको उद्धार र उपचार निःशुल्क भइरहेको छ ।’

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ०३ बजे

ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमबार एक आप्रवासी चढेको

बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न

काठमाडौं– एघार दिन लामो राष्ट्रसंघीय महासभामा सहभागितापछि सोमबार काठमाडौं उत्रिएका

जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको

बीपी राजमार्ग दुईतर्फी खुल्न तीन महिना लाग्ने

काठमाडौं– बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना