पहिरोमा पुरिएका ६ फुटबलरको एकसाथ अन्तिम बिदाइ (तस्बिरहरू) « Khabarhub

पहिरोमा पुरिएका ६ फुटबलरको एकसाथ अन्तिम बिदाइ (तस्बिरहरू)


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना किशोर फुटबलरको सोमबार दाहसंस्कार गरिएको छ।

गत शनिबार बिहान पहिरोमा पुरिएर ज्यान गुमाएका ६ किशोर फुटबलरको पशुपति आर्यघाटमा एकसाथ दाहसंस्कार गरिएको हो ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयका दुवै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षितस्थलतर्फ सार्न खोज्दा उनीहरू पहिरोमा पुरिएका थिए ।

खोजबिनका क्रममा उनीहरू सबैजना किशोर फुटबलरको शव भेटिएको थियो ।

पहिरोमा पुरिएर ज्यान गुमाउनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योञ्जन थिए ।

मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ज्यान गुमाएका ६ जनासहित ४० किशोर बन्द प्रशिक्षणमा रहेका थिए ।

अन्डर १३ समूहका ४० जना किशोरलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।

ती ६ जना खेलाडीको पशुपतिमा दाहसंस्कार गरिएको हो । उनीहरूको पार्थिव शरीरमा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको झण्डा र एन्फा अध्यक्षले संस्थाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ५२ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका