राष्ट्रसंघ महासभामा भाग लिएर आइपुगे प्रधानमन्त्री « Khabarhub

राष्ट्रसंघ महासभामा भाग लिएर आइपुगे प्रधानमन्त्री


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश आइपुगेका छन् ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ गएका थिए ।

१० दिन लामो अमेरिका बसाइपछि ओली सोमबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनले हिमालदेखि समुद्रसम्म पारेको असरको चर्चा गरेका थिए ।

प्रधानमन्त्री ओलीले असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्रमा भाग लिए। असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भए ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि वार्ता गरे ।

उनले त्यहाँ अतिविकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गरे ।

उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गरे ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना भएको ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रवचन दिए।

असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गरे ।

उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गरे । तर शुक्रबार नेपालमा निम्तिएको विपत्तिपछि तत्कालै नफर्किएपछि चर्को आलोचना भइरहेको छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ०१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का