दोलखामा बाढीपहिरो : ७ जनाको मृत्यु, करोडौँको क्षति, टेलिफोन र इन्टरनेट बन्द  « Khabarhub

दोलखामा बाढीपहिरो : ७ जनाको मृत्यु, करोडौँको क्षति, टेलिफोन र इन्टरनेट बन्द 


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

दोलखा– शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर दोलखा एक महिलासहित ७ जनाले ज्यान गुमाएका छन् ।

जिल्लाको भीमेश्वर नगरपालिका-६ एकै परिवारका तिन जना र उत्तरी विगु गाउँपालिका-१ लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना कार्यरत ४ जनाले ज्यान गुमाएका हुन्।

शनिबार दिउँसो घरमा सुतिरहेको अवस्थामा पहिरोले घर पुर्दा भीमेश्वर-६ सदरमुकाम चरिकोट नजिकैको मैदानेमा राजकुमार भुजेलसहित उनकी श्रीमती र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४१ वर्षीय राजकुमार भुजेल, उनकी श्रीमती ३७ वर्षीया राधिका भुजेल र १५ वर्षीया छोरा सुजन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका  प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिए ।

त्यस्तै पहिरोमा पुरिएका १ बर्षका बालक युवराज भुजेललाई भने प्रहरीले  सकुशल उद्धार गरेको थियो।

त्यसैगरी सोही दिन विगु गाउँपालिका-१ लामाबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका चारै जना मृत फेला परेका छन्।

शनिवार दिउँसो हेडवक्र्समाथिवाट खसेको लेदोसहितको पहिरोले तामाकोशी जलविद्युत केन्द्रको कन्ट्रोल बिल्डिङ पुरिदा सम्पर्कविहीन भएका दुई सैनिक सहित चारै जना आइतबार  मृत फेला परेका हुन् । पहिरो रोकिएको र मौसममा समेत सुधार आएपछि माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको सुरक्षाकालागि खटिएको सैनिक टोली, लामावगरमा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले मृतक चार जनाको शव फेला पारेको हो ।

लेदो सहितको पहिरोले कन्ट्रोल भवन  पुरिँदा सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्र बहादुर पाल र अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासी जिल्लाको प्रतापपुर घर भई माथिल्लो तामाकोशीमा फोरम्यानको काम गर्ने ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको बिगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीकोरुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ मृत फेला परेका हुन् ।

बाढीपहिरोले तामाकोशी किर्नेमा लाखौंको क्षति, पुष्पलाल मार्ग अवरुद्ध 

वर्षाले तामाकोशी गाउँपालिका-५ को किर्नेबजार आसपासमा करोडौँक्षति पुर्याएको छ।

तामाकोशी नदीमा आएको भीषण बाढीका कारण तामाकोशी गाउँपालिका- ५ किर्ने बजार एरियाको साइटमा नदीको तीव्र कटानका कारण ठुलो क्षति भएको हो ।

किर्ने-देविटार मोटरेवल पुलको वारिपारि कटान गर्नुको साथै दोलखालाई तराईसँग जोड्ने मुख्य पुष्पलाल मार्गमा बगाएर सडक अवरुद्ध बनेको छ।

दर्जनौँ विद्युत् पोल तथा धुलिखेल अस्पतालसम्मको सडक पूर्णरूपमा नदीले कटान गरेको तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले बताए ।

बढीले उक्त धुलिखेल अस्पतालसमेत बगाएको बताए।अस्पतालसँगै रहेको खिम्ती प्रोजेक्ट स्कुलमा पनि क्षति गर्दै दायाँतर्फ रहेको हेलिप्याड सहितको सम्पूर्ण सडक सहितको भूभाग बगाएको उनले बताए।बढीको कारण भएको तामाकोशी गाउँपालिकाले ठुलो क्षति बेहोर्नुपरेको उनले सुनाए ।

धुलिखेल अस्पतालको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिकको भवन पूर्ण रुपमा क्षति पुर्‍याएको हो । भवनको आधा भाग क्षति पुर्‍याउनुको साथै क्लिनिकको स्वास्थ्य सामग्रीसमेत बगाएको अध्यक्ष केसीले जानकारी दिए । बाढीपहिरोले राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ठुलो क्षति गरेको गरेको छ।

वर्षासँगै झरेको पहिरोले तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल नजिकै नियन्त्रण कक्ष रहेको दुई तले घर पुरेको छ भने, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधवाट डिस्याण्डरसम्म पानी पुर्‍याउने नहर (कल्र्भट) मा ठूलो क्षति पुगेको छ ।

पहिरोले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध 

पहिरोले नेपाल टेलिकमको इन्टरनेट तथा नेटवर्क अवरुद्ध बनेपछि दोलखाका स्थानीय मारमा परेका छन्।दुई दिन देखि अवरुद्ध बिजुली सुचारु भए पनि टेलिफोन र इन्टरनेट भने अझै अवरुद्ध रहेको पाइएको छ।

वर्षा र बाढीपहिरोले इन्टरनेटको केवल तार, पोल ठाउँठाउँमा बगाएको कारण नेटवर्क र नेट सुचारु हुन नसकेको नेपाल टेलिकमले जनाएको छ ।
-सुबास बस्नेत

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : १२ बजे

हुलाकी राजमार्ग : रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको

कर्णाली सरकारलाई व्यवसायीको ११ बुँदे ध्यानाकर्षण पत्र 

कर्णाली– संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा

महाधिवेशन अवधिमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशन अधिवेशनको अवधिमा नागढुंगादेखि पिप्लामोडसम्मको सडक

११ औं महाधिवेशनको तयारीः मंसिर २५ भित्र महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि