राष्ट्रसंघ भ्रमणको उपलब्धिबारे सोध्दा ओलीको जवाफ- म भैंसी दुहुन गएको होइन « Khabarhub

राष्ट्रसंघ भ्रमणको उपलब्धिबारे सोध्दा ओलीको जवाफ- म भैंसी दुहुन गएको होइन


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एघार दिन लामो राष्ट्रसंघीय महासभाको सहभागितापछि सोमबार काठमाडौं उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पत्रकाहरूको हल्का नोकझोंक चलेको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले ११ दिने राष्ट्रसंघ यात्राको उपलब्धि स-विस्तार वर्णन गरेपछि ओलीसँग पत्रकारको सवाल-जवाफ कार्यक्रम त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा राखिएको थियो ।

त्यसक्रममा पत्रकारहरूले राष्ट्रसंघ भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको उपलब्धिबारे विशेष चासो राखे ।

ओलीले मोदीसँगको भेटबारे अनुमान गरेअनुसारकै जवाफ दिँदै भने, ‘मोदीसँग दुई देशबीचका सम्बन्धलाई प्रगाढ र बलियो बनाउने कुरा भएको छ।’

त्यसपछि पत्रकारले राष्ट्रसंघबाट के के उपलब्धि गरेर आउनु भयो भनेर ओलीलाई सोधे । त्यसमा भने ओली केही रिसाए जस्तो देखिए । उनले राष्ट्र संघमा आफूले नेपाल जस्ता देशकोतर्फबाट प्रष्टसँग कुरा राखेको सुनाए ।

उपलब्धिका सन्दर्भमा भने ओलीले पत्रकारहरूसँग रिसाएको शैलीमा जवाफ दिँदै भने, ‘म भैंसी दुहुन गएको होइन, दूध लिएर आएँ भन्नलाई । मैले राष्ट्रसंघमा हाम्रा विचार राख्न पाएँ । हाम्रो देशको मात्रै समस्या होइन, पछिल्लो समय विश्वमा देखिएका समस्या सबै मिलेर समाधान गरौँ भन्ने कुरा पनि राखेँ ।’

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : २१ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध