बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न « Khabarhub

बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एघार दिन लामो राष्ट्रसंघीय महासभामा सहभागितापछि सोमबार काठमाडौं उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा पत्रकाहरूसँग केही बेर नोकझोंक गरे।

प्रश्नोत्तर सत्रमा पत्रकारहरूले सुरुमै आक्रमक प्रश्न गरे । परराष्ट्रमन्त्रालयका सहसचिव अमृतबहादुर राईले उपलब्धि वर्णन गरिसकेपछिको सवाल-जवाफका क्रममा पत्रकारहरूले नेपालमा यति ठूलो विपत्ति आउँदा पनि किन फर्किन ढिला गरेको भनेर घेर्ने कोसिस गरे ।

त्यसक्रममा उनलाई बाढीपहिरोको विपत्तिपछि राष्ट्रसंघको उपलब्धि सुनाउन आग्रह गर्दा ओलीले आफू भैंसी दुहुन नगएको जवाफ दिए ।

त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा ओलीसँग पत्रकारहरूले बाढीपहिरोको विपत्तिबारे दुई प्रश्न गरे ।

–चौतर्फी रुपमा विपद्को बेला सरकारको भूमिका देखिएन अथवा भनौँ लज्जास्पद भूमिका रह्यो भन्ने छ के भन्न चाहनुहुन्छ ?

विरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास तत्काल मिटिङहरू बसेर, तत्काल सेना-प्रहरी खटाएर उद्धार कार्यहरू गरेको छ । अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्‍याउने कुरा हो ।

र, पहिरो जाने कुरा पनि पूर्वसूचना गरेर जाँदैन । पहिरो गएपछि क्षति पुर्‍याउने नै भयो । त्यसमा सरकारले तदारुकताका साथ उद्धार कार्य, रारहत कार्य पुर्‍याउने हो ।

त्यो काम सरकारले पुर्‍याएको छ भन्ने मलाई लाग्छ । मैले बाहिर हुँदा पनि यस विषयमा जानकारी लिइरोखको छु । र, आफ्नो मातहतका साथीभाइहरूलाई, निकायहरूलाई पनि निर्देश गरिराखेको छु ।

मैले पाएको जानकारी अनुसार आफ्नो बलबुताअनुसार सरकार र यसका निकायले काम गरेका छन् । विरोधका लागि विरोध गर्ने परिपाटी राम्रो होइन । यस्तो संवेदनशील बेलामा हामी सबै मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुन्छ । न कि विरोध गर्नका लागि विरोध गर्ने खालको स्थिति राम्रो हुँदैन भन्ने लाग्छ मलाई ।

–तपाईं आइसकनु भयो । अब के हुन्छ सरकारको भूमिका ?

अझ प्रभावकारी ढंगले उद्धारका कामहरू, राहतका कामहरू, पुनर्निमाणका कामहरू अगाडि बढ्छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ३६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक