ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु « Khabarhub

ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमबार एक आप्रवासी चढेको डुङ्गा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको एक न्यायिक अधिकारीले बताएका छन्।

मेडेनिन अदालतका प्रवक्ता फेथी बाकुचेले एएफपीसँग कुरा गर्दै मृत्यु हुनेमा पाँच पुरुष र चार महिला रहेका छन् । डुङ्गा के कारणले डुबेको थियो भन्ने कारण समाचार तयार पार्दासम्म थाहा हुनसकेको छैन।

ट्युनिसियाली नेशनल गार्डले चार जना आप्रवासी पौडी खेलेर किनारामा फर्किएको जनाएको छ । ट्युनिसिया र छिमेकी लिबिया युरोपमा राम्रो जीवन यापन गर्न चाहने आप्रवासीका लागि प्रमुख प्रस्थान बिन्दु बनेका छन्।

सन् २०२३ मा ट्युनिसियाको स्थिर अर्थतन्त्रले ०.४ प्रतिशतको मात्र आर्थिक वृद्धि दर हासिल गरेको छ भने बेरोजगारी बढेको छ । प्रत्येक वर्ष, दशौं हजार मानिसहरू ट्युनिसिया हुँदै यूरोपतर्फ जान समुद्रको खतरनाक यात्रा गर्ने गर्छन् । 

जनवरी १ देखि ट्युनिसियाको तटीय क्षेत्रमा कम्तीमा १०३ वटा अस्थायी डुङ्गा डुबेको र ३४१ जनाको शव निकालिएको सरकारले जनाएको छ ।
एफटिडीईएस अधिकार समूहका अनुसार गत वर्ष ट्युनिसियामा डुङ्गा दुर्घटना हुँदा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का अनुसार गत दशकमा भूमध्यसागरमा ३० हजार ३०९ भन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ३९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल