बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न साना किसान सहकारीको अपिल « Khabarhub

बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न साना किसान सहकारीको अपिल


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी पहिरोमा बेपत्ता हुनेहरूको तत्काल खोजी कार्य अघि बढाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

संस्थाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका घटनाले पुर्याएको धनजनको क्षतिका कारण स्तब्ध भएको विज्ञप्तीमार्फत जनाएको छ ।

सहकारी संस्थाले बाढी पहिरोका घटनामा परी कतिपयले ज्यान गुमाएको र धेरै बेपत्ता भएकाले राहत र उद्धारमा जुट्न सरकार र सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

प्रतिकूल मौसमका कारण हताहती भएकाहरूको उद्धार र राहतका कार्यक्रममा संलग्न नेपाल सरकारका सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक र सहकारी संघ संस्थाका प्रतिनिधिहरू लगायत उद्धार तथा राहत कार्यमा जुट्ने सम्पूर्णप्रति आभार प्रकट गरेको छ ।

आगामी दिनमा आइपर्ने प्राकृतिक विपदमा सबैले आ- आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत विज्ञप्तीमार्फत अपिल गरिएको छ । 

‘बाढी पहिरो र प्राकृतिक विपदका कारणबाट भएको क्षति संकलन भइरहेको सन्दर्भमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र यसको सञ्जालमा रहेका सदस्य संस्था, सदस्य किसान वा व्यवसायमा के कति क्षति पुगेको छ त्यसको विवरण सम्वन्धित संघ, संस्था र संस्थाका अध्यक्ष, प्रबन्धकहरूलाई यस संस्थामा जानकारी गराउनुहुन समेत हार्दिक अनुरोध गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ५९ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले