बाढीबाट इमाडोलका उद्योगहरूमा क्षति « Khabarhub

बाढीबाट इमाडोलका उद्योगहरूमा क्षति


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

ललितपुर– अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पुर्‍याएको छ ।

यस क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । 

दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र रु एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ । कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पुर्‍याएको छ । 

उनले भने, ‘केही मेसिनहरू पूर्णरूपमा नष्ट भएका छन् भने केही मर्मत हुने सम्भावना न्यून छ । दसैँका लागि बजार पठाउन तयार पारिएका र अन्तिम चरणका अर्डरहरूसमेत बाढीले सखाप बनायो ।’

कारखानामा २० वर्षदेखि काम गरिरहनुभएकी लक्ष्मी प्रधानले बाढीले पुर्‍याएको नोक्सानीप्रति दुःख व्यक्त गरे। 

उनले भने, ‘कोरोनापछि बल्लतल्ल कामले गति लिँदै थियो । बेलैमा काम सकेर दसैँमा घर झापा जाने तयारीमा थिएँ तर, एकाएक पानी पसेर कारखानाका सबै सामान बर्बाद बनायो ।’ पहिलोपटक आफूले यस्तो विपत्ति देखेको पनि उनको अनुभव छ ।

“पहिला अलिअलि पानी बगेर आउँथ्यो तर, यसपल्ट सामान मात्रै होइन, मान्छे नै बगाउने गरी पानी बढ्दा डर लाग्यो”, गएको दुई वर्षदेखि काम गर्दै आएका अर्का कामदार गोकुल दुलालले आफ्नो अनुभव सुनाए । 

बाढीले इमाडोलमै रहेको अर्को प्रिन्टिङ प्रेसलाई पनि ठूलो नोक्सान पारेको छ । प्रेस सञ्चालक कृष्णमान श्रेष्ठ भौतिक सम्पत्तिको नोक्सानीले चिन्तित हुनुहुन्छ । करिब एक करोड ५० लाख बराबरको सम्पत्ति नोक्सान भएको उनले बताए। 

उनले भने, ‘यसअघि कहिल्यै यति ठूलो बाढी आएको थिएन । पानीले कारखाना र गोदाममा रहेका सबै सामान काम नलाग्ने बनाइदियो । भाग्यवश घर बग्नबाट भने जोगियो ।’ 

शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएका पीडित अहिले आआफ्नो सरसामान स्याहार्न जुटिरहेका छन् । यहाँका बासिन्दा आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : ४५ बजे

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास