समाचार

बाढी-पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो

By खबरहब

September 30, 2024

काठमाडौं– असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या २०९ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा २९४ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजार २२२ जनाको उद्धार गरिएको छ ।