रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी « Khabarhub

रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताएका छन् ।  

सत्य आफ्नो पक्षमा रहेको दावी गर्दै ‘पुनर्मिलन दिवस’को वार्षिकोत्सव मनाउन जारी गरिएको भिडियो सन्देशमार्फत पुटिनले निर्धारित लक्ष्यहरू प्राप्त हुने बताएका हुन्।  

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना परिचालन गरेपछि रूसले लुहान्स्का, डोनेत्स्क, जापोरिझिया र खेरसन लगायतका क्षेत्रहरू कब्जा गरिसकेको छ ।

सम्बोधनमा पुटिनले युक्रेनमा सेना पठाउनुको उद्देश्य रूसी भाषीलाई नव–नाजीवादबाट जोगाउने रहेको बताउँदै यसले नाजीवादीहरूलाई रूसको ऐतिहासिक भूमिबाट सदाका लागि छुट्याउने रहेको उल्लेख गरेका छन् ।   

पुटिनले ‘पश्चिमी’ गठबन्धनको आलोचना गर्दै ‘युक्रेनलाई आफ्नो उपनिवेशमा परिणत गरी, रूस लक्षित सैन्य आधार खडा गर्न रूसविरूद्ध घृणा, कट्टरपन्थी राष्ट्रवादलगायतका कुरामा शत्रुता फैलाएको बताए।  

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : ५३ बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट