आज २०८१ साल कात्तिक १४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १४ गते बुधबारको राशिफल


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १४ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर ३० तारिख। कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। धन्वन्तरी जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पञ्चक बनाउने नाममा खर्च बढ्नेछ। माथिल्लो तहबाट सहयोग नभएर घाटा हुनेछ। सोचेर बोल्ने समय छ। आफ्ना भनिएका साथी विपक्षी कित्तामा पुग्नेछन्। परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ।

वृष : तपाईंले राम्रो सोचेर दिएको सुझावलाई साथीहरुले गलत अर्थ लगाउने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा तपाईंको जित हुनेछ। सोचेको काम सफल बन्नेछ।

मिथुन : सोचेका काममा अवरोध देखापर्ने दिन छ। सञ्चित धन खर्च हुनेछ। न्यायको क्षेत्रमा तपाईंले सफलता पाउने योग छ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : आफ्नै राशिमा मित्र ग्रहले परिक्रमा गरेकाले दिन राम्रो हुनेछ। दिदीबहिनीसँग भेटघाटको समय तय हुनेछ। खानपानमा ख्याल नगर्दा अचानक पुरानो रोगले सताउने जोखिम हुनसक्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

सिंह : साथीभाइ सकारात्मक छन्। व्यापारको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। तिहारको उमंग बढ्नेछ। राजनीतिक क्षेत्रमा संगठनले सेवाको अवसर दिनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। पञ्चकमा तपाईंले सफलता प्राप्त गर्नुहुनेछ। दाजुभाइको सहयोग लिएर अगाडि बढ्नु राम्रो हुनेछ। विपक्षी दलमा रहेका साथीहरु शान्त भएकाले काम गर्न सहज हुनेछ। परिवारको सकारात्मक साथ र सहयोग मिल्नेछ।

तुला : सानो गल्तीले ठुलो हल्लाखल्ला हुनेछ। सानो गल्तीकै कारण साथीले तपाईंविरुद्ध योजना बनाउने छन्। विदेशप्रति आकर्षण बढ्नेछ। मन भने अशान्त बन्ने योग छ। शिक्षा क्षेत्रमा आलस्यता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आम्दानीका स्रोत राम्रा छन्। खर्च कटौतीको प्रयास गर्नु राम्रो हुनेछ। रोगमाथि विजय प्राप्त गर्ने क्षमताको विकास हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्धमा मधुरता आउनेछ।

धनु : दिन सहज छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। विपक्षी साथी सक्रिय भएकाले कर्तव्यबाट टाढा नजानु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। कुनै योजना बनेको भए परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

मकर : आज तपाईंको राशिमा शुभग्रहको बहुमत रहेको छ। आफ्नो परिवारले भन्दा बाहिरबाट सहयोग हुनेछ। तिहारको रमझमले घाटा हुनेछ। जुवा र ताजमा नबस्नु राम्रो हुने देखिन्छ।

कुम्भ : साना कुराले व्यवहारमा झन्झट आइपर्नेछ। मनको कुरा सार्वजनिक गर्ने इच्छा नहुनसक्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : निजी कार्यबाट भन्दा आफन्तको सहयोगबाट सुरुवात गरेको काममा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खौषधीको नियमित सेवन नगर्ने बानीले रोगले सताउने जोखिम छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : २८ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे