यी प्रदेशमा हल्का वर्षाको सम्भावना | Khabarhub Khabarhub

यी प्रदेशमा हल्का वर्षाको सम्भावना


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायात बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : ३२ बजे

रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु

रसुवा– रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको

कृषिको मार्गचित्रसम्बन्धी प्रादेशिक कार्यशाला सम्पन्न

कर्णाली– नेपालको पर्यावरणीय कृषिको मार्गचित्रसम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न भएको

नेकपाका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम आरम्भ

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य

लोकप्रियतावादको भड्खालो र रविहरू

दशैँताका एउटा तस्बिर बदलेको छु । आलेखकै सुरु यसरी गर्नु

उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने

काठमाडौं– सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज