चुनावी अन्तिम कार्यक्रममा ह्यारिसको सन्देश « Khabarhub

चुनावी अन्तिम कार्यक्रममा ह्यारिसको सन्देश


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले अन्तिम चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचार अभियानको अन्त्य गरेकी छिन् ।

चार वर्ष अघि रिपब्लिकका पराजित उम्मेदवार डोनाल्ड ट्रम्पले हारपछि विध्वंस मच्चाएकै स्थानबाट उनले कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

उनले आफ्नो कार्यक्रममा यो निर्वाचन महत्त्वपूर्ण भएको बताउँदै स्वतन्त्रता र बेथिति बिचको लडाइँ भएको बताएकी छिन् ।

ट्रम्पप्रति आक्रामक हुँदै ह्यारिसले ४ वर्ष अघि जनमतलाई बल प्रयोग गरेर उल्ट्याउन खोजेको कुरामा जोड दिएकी थिइन् ।

ह्यारिसले मुद्रास्फीतिकाबारे बोल्दै महामारी कालको समयमा भन्दा अहिले मूल्य बढी रहेको जिकिर गरेकी छिन् । गर्भपतनको विषयमा उनले मानिसहरूमा आफ्नो शरीरको आफैँ निर्णय गर्न पाउने अधिकार सुरक्षित रहेको बताएकी छिन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : २४ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६