दुई सरकारी सिमेन्ट उद्योगले बक्यौता तिर्न लिए किस्ताबन्दीको सुविधा  « Khabarhub

दुई सरकारी सिमेन्ट उद्योगले बक्यौता तिर्न लिए किस्ताबन्दीको सुविधा 


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगहरूले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत विद्युत सेवाबापतको महशुल बक्यौता तिर्ने भएका छन् ।

खासगरी, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिर्न किस्ताबन्दीको सुविधा लिने गरी निवेदन दिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

यसअघि प्राधिकरणले महशुल नतिर्ने ३४ उद्योगको लाइन काटेको थियो । तर, सरकारी दुई सिमेन्टले महशुल तिर्ने बताउँदै आएका थिए । जसका कारण ती सिमेन्ट उद्योगमा लाइन जोड्नु भने परेन ।

लाइन काटिएका ३४ वटामध्ये हालसम्म १४ वटा उद्योगहरूले बक्यौता तिर्न सम्पर्कमा आएकाले लाइन जोडिएको प्रवक्ता घोषले बताए ।

सरकारी दुई सिमेन्ट कम्पनीले प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका थिए ।

अहिले हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ४७ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस