स्यालको आक्रमणबाट १३ जना घाइते « Khabarhub

स्यालको आक्रमणबाट १३ जना घाइते


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । 

मंगलबार राति जंगलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् । 

स्यालको आक्रमणबाट बसवरिया गाँउपालिका–१ का १० वर्षीय  रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया  सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसवरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया–४ का १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया, गोडैता नगरपालिका–१० का ४० वर्षीया इन्दूदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, सोही ठाउँका ४१ वर्षीय विपद पासवान तथा बलरा नगरपालिका–४ का ६० वर्षीया सोमरी देवी घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। 

घाइतेमध्ये इन्दूदेवी र प्रेमादेवीलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि बसबरिया गाउँपालिकाको एम्बुलेन्समा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको छ । घाइते केही भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किएका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  २ : २८ बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै