शेयर बजारमा १४ अंकको गिरावट, कारोबार कति?  « Khabarhub

शेयर बजारमा १४ अंकको गिरावट, कारोबार कति? 


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४३ अंकले घटेको छ । आज नेप्से ०.५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा पुगेको हो ।
५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ । 

उक्त समयमा ७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ६९८ पटक शेयर किनबेच भएको छ। 

१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूहको शेयर मूल्य घटेको छ । होटल एण्ड टुरिजम २.५२ प्रतिशतले, निर्जीवन बीमा ०.४९ प्रतिशतले र ट्रेडिङ समूह ०.३२ प्रतिशतले बढेको हो । 

त्यस्तै, वाणिज्य बैंक ०.७२ प्रतिशतले, विकास बैंक ०.४३ प्रतिशतले, फाइनान्स १.०१ प्रतिशतले, हाइड्रोपावर ०.३३ प्रतिशतले, लगानी १.४१ प्रतिशतले, जीवन बीमा ०.९८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९६ प्रतिशतले, लघुवित्त ०.१४ प्रतिशतले म्युचुअल फण्ड ०.७२ प्रतिशतले र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ३ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको