पश्चिमी मेक्सिकोमा पत्रकारको गोली हानी हत्या « Khabarhub

पश्चिमी मेक्सिकोमा पत्रकारको गोली हानी हत्या


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– पश्चिमी मेक्सिकोमा मंगलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ । 

स्थानीय रेडियो स्टेसन ‘ला पोडेरोसा उरुपान’का सञ्चालक साथै ‘मिनुटो एक्स मिनुटो आउटलेट’मा पनि समाचार प्रकाशित गर्नुहुने मौरिसियो क्रुज सोलिसको उरुपान सहरमा गोली हानी हत्या गरिएको हो । 

आक्रमणमा अर्का एक जना घाइते भएको अभियोजकको कार्यालयले जनाएको छ। क्रुज सोलिस कार्यरत रेडियो स्टेसनले सामाजिक सञ्जालमार्फत उहाँको हत्यामा शोक व्यक्त गरेको छ । 

‘मौरिसियो एक सहकर्मी भन्दा माथि हुनुहुन्थ्यो, उनी एक असल मित्र, प्रेरणाको स्रोत हुनुहुन्थ्यो’, रेडियोले जनाएको छ । 

लागूऔषध तस्करीसँग सम्बन्धित हिंसाले ग्रस्त मेक्सिको पत्रकारहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशमध्ये एक हो । सन् १९९४ देखि मेक्सिकोमा १५०  भन्दा बढी पत्रकार मारिएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले जनाएको छ । 

क्रुज सोलिसको हत्या अक्टोबर १ मा पदभार ग्रहण गरेको क्लाउडिया सेनबामको नेतृत्वमा रहेको सरकार गठनपछि पत्रकारको हत्या भएको यो पहिलो घटना हो । 

 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : ०५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको