पूर्वाधार र प्रचार अभावमा ओझेल परेको ‘कोटथुम्का’ « Khabarhub

पूर्वाधार र प्रचार अभावमा ओझेल परेको ‘कोटथुम्का’


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– यहाँको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी मण्डन, जहाँबाट मौसम खुलेको बेला सगरमाथाको चुचुरोसँगै गणेश, जुगल, गौरीशंकर, लाम्टाङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । 

सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा रहेको कोटथुम्का समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा छ । ९० वर्ष अघिसम्म यहाँबाट ११ तले धरहरा देखिँदा पर्यटकको चहलपहल हुने गरेको बुढापाकाको मुखबाट सुनेको स्थानीय शालिकराम श्रेष्ठले बताए।  

श्रेष्ठका अनुसार विसं १९९० को भूकम्पपछि धरहराको उचाइ घट्दा यहाँ आउने आन्तरिक पर्यटक पनि घटेका हुन् । धरहरा भत्काएपछि यहाँबाट देखिन छाडेको बाउबाजेले सुनाउने गरेको स्थानीय बताउँछन् । 

श्रेष्ठका अनुसार कोटथुम्कामा स्थानीय तहसँगै केन्द्रीय सरकारले थप पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ । कोटथुम्का वरिपरी उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरीलगायतका गन्तव्यहरू छन् । यहाँ दोलालघाट तथा मण्डन क्षेत्रबाटै ‘हाईकिङ’ गरी वा सवारी साधन चढेर पुग्न सकिन्छ । 

काभ्रेपलाञ्चोक र सिन्धुको सिमास्थल भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त यहाँ पुग्ने जो कसैको मन लोभ्याउँछ । नजिकका जङ्गलमा फागुन–चैतमा ढकमक्क लालीगुराँस फुल्छ, जो यस क्षेत्रको मुख्य सौन्दर्य र आकर्षण मानिन्छ । विसं २०७३ फागुन २७ गते तीन देउपुर र चार मण्डन गाभिएर मण्डनदेउपुर नगरपालिका घोषणा गरिएको हो । मण्डनका चार गाविस चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक र ज्याम्दी जोडिएर बनेको नगरको मुख्य आकर्षण कोटथुम्काको महत्व उजागर गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

‘हामी कोटथुम्कालाई हालका संरचनाभन्दा थप पर्यटकीय बनाउन स्थानीय अगुवासँग आवश्यक पूर्वाधारबारे छलफल चलाउँदैछौँ’, स्थानीय  रामबहादुर तामाङले भने। हाल कच्ची र साँघुरो सडकका कारण सडकमार्फत केही र पैदलमार्फत फाट्टफुट्ट पर्यटक आउने गरेको उनले बताए।

कोटथुम्कामा अवस्थित उमादेवी मन्दिर तथा कश्यपेश्वर महादेवको मन्दिरको प्राचीन किंबदन्ती छ । सत्य युगमा महादेवले पत्नी सतिदेवीको मृत्युपछि उनको शव बोकेर पृथ्वी परिक्रमा गर्ने क्रममा यहाँ आइपुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी, कश्यपेश्वर महादेवको उत्पति भएको कुरा श्री स्वस्थानी कथामा वर्णन गरिएको छ । यहाँको मन्दिरमा ‘बलि’ चढाइएको पशुचौपायाको रगत ६० मिटर तल जंगलमा रहेको अर्को मन्दिरमा पुग्ने जनश्रुति पनि छ । 

धार्मिक महत्व रहेकाले यस ठाउँको प्रचारप्रसार अत्यावश्यक रहेको स्थानीय रमेश खनाल बताउँछन्। स्थानीय तहले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनले बताए। विगत केही वर्षदेखि आन्तरिक पर्यटक पिकनिक मनाउन आउने गरेका छन् । 

कोटथुम्का नजिकै थानडाँडा छ, जहाँ खानेपानी र बसोबासको सुविधा छ । प्राकृतिकरुपले भरिपूर्ण थानडाँडामा पर्यटकका लागि भ्यूटावर पनि निर्माण गरिएको छ । नजिकको बस्ती रामपुरनजिकै बुद्धपार्क निर्माण गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : ५४ बजे

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख