'सरकारको ध्यान सुशासन कायम गर्नेमा केन्द्रित छ' | Khabarhub Khabarhub

‘सरकारको ध्यान सुशासन कायम गर्नेमा केन्द्रित छ’


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको ध्यान सुशासन कायम गर्नेमा केन्द्रित रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा मन्त्री गुरुङले भ्रष्टाचार अन्त्य गरि मुलुकमा सुशासन कायम गर्नेमा सरकारको ध्यान रहेको र यसमा सबैको साथ आवश्यक रहेको बताएका हुन् ।

अहिले मुलुक बनाउने भन्दा पनि लुट्ने र खानेमा केहीको ध्यान केन्द्रित देखिएकाले सञ्चारमाध्यमले सचेत र सजग गराउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री गुरुङले राजस्व वृद्धिदर, पूँजीगत खर्च बढाउने र मुलुकलाई आर्थिक वृद्धि गर्न सरकारले लिएको लक्ष्यमा समेत सञ्चारमाध्यमले आवश्यक साथ दिनुपर्ने बताए।

अहिले पनि सामाजिक सद्भाव भत्काउने प्रयास भइरहेकाले सबै सजग हुनुपर्ने उनको भनाइ छ । उनले सञ्चारमाध्यमलाई राज्यको नियन्त्रणमा राख्ने सरकारको नीति नरहेको र अव बन्ने कानूनमा स्वमूल्याङ्कनको प्रस्ताव गरिएको उल्लेख गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : १८ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका