रातो कार्डले निलम्बित रेखाको स्थानमा खेल्दैछिन् सरु « Khabarhub

रातो कार्डले निलम्बित रेखाको स्थानमा खेल्दैछिन् सरु


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ महिला च्याम्पियनसिपको फाइनलखेलमा नेपालले बंगलादेशविरुद्ध अहिले खेलिरहेको छ ।

जारी प्रतियोगिताकी हाई स्कोरर रेखा पौडेल भने फाइनल भिडन्तमा मैदानमा देखिएकी छैनन् ।

रेखा पौडेलले भारतविरुद्धको सेमिफाइनल भिडन्तमा रातो कार्ड पाएको करणले यो खेल गुमाएकी हुन् । उनको स्थानमा नेपालले मिडफिल्डर सरु लिम्बुलाई उतारेको छ ।

साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा मैदानमा छिन् ।

पूजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी साम्बा, गीता राना, प्रीती राई सबिता राना मगर र अमिषा कार्की पनि मैदानमा छन् ।

नेपालले अहिलेसम्म साफका ५ फाइनल खेले पनि उपाधि जित्न नसकेकाले यस पटक घरेलु मैदानमा उपाधि जित्ने अवसर छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : ५२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति